धनगढी, २० वैशाख। कोरोना भाइरसको संक्रमणका कारण बझाङमा २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय बझाङका सूचना अधिकारी नारायण जोशीले जिल्ला अस्पतालमा उपचाररत २ संक्रमितको मृत्यु भएको जानकारी दिए ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–३ की ५५ वर्षीया महिला र तल्कोट गाँउपालिका–१ की ४० वर्षीया महिला रहेको जोशीले जनाएको छ ।
वैशाख १८ गते कोरोना पुष्टि भएकी जयपृथ्वी नगरपालिकाकी संक्रमित महिला स्वास्थ्यमा समस्या देखिएपछि आइतबार मात्र अस्पताल भर्ना भएकी थिइन् । उनको उपचारका क्रममा मृत्यु भएको हो ।
त्यस्तै अर्की महिलाको भने सदरमुकामबाट घर फर्किने क्रममा मृत्यु भएको बुझिएको जोशीले जानकारी दिए ।




