केही दिनयता लक्षणसहित संक्रमित बढेपछि उपचारका लागि शैया पाउन समस्या भएको छ। उपत्यकाका सबै अस्पतालमा संक्रमितको उपचारका लागि शैया भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शैया थप गरिनेछ।

ती अस्पतालमा शैया थप गर्न मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो। सहप्रवक्ता डा. अधिकारीले काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शैया चाँडै बन्ने बताएको छ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००/५०० र जनमैत्री अस्पतालमा १२० शैया बन्ने भएको छ ।

सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैया बनाउने उनले बताए। हाल मुलुकभर १८ हजार ९१७ शैया रहेको छ ।

" /> सरकारले कोरोना रोकथामको लागि देशैभर ७ हजार शैया थप गर्दै - Sarbocha Media

सरकारले कोरोना रोकथामको लागि देशैभर ७ हजार शैया थप गर्दै

`

     २०७८ वैशाख १९ गते १२:२६

काठमाडौँ, १९ वैशाख । सरकारले कोरोना (कोभिड–१९) को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करिब सात हजार शैया थप गर्ने भएको छ।

जसमध्ये काठमाडौँ उपत्यकाका ६ अस्पतालमा आजैदेखि १ हजार शैया थप गरी सञ्चालनमा ल्याइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप ७ हजार शैया थप्न थालिएको जानकारी दिए।

केही दिनयता लक्षणसहित संक्रमित बढेपछि उपचारका लागि शैया पाउन समस्या भएको छ। उपत्यकाका सबै अस्पतालमा संक्रमितको उपचारका लागि शैया भरिएपछि थप व्यवस्थापन गर्न थालिएको हो।

उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौँ मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शैया थप गरिनेछ।

ती अस्पतालमा शैया थप गर्न मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो। सहप्रवक्ता डा. अधिकारीले काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४००/४०० दरका एक हजार २०० शैया चाँडै बन्ने बताएको छ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००/५०० र जनमैत्री अस्पतालमा १२० शैया बन्ने भएको छ ।

सम्झौतानुसार निजी अस्पतालले दुई हजार शैया बनाउने उनले बताए। हाल मुलुकभर १८ हजार ९१७ शैया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?