शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको जनाएको छ ।

यही अवधिमा थप १ हजार ६ सय १२ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९ सय ९४ जना संक्रमित निको भइसकेका छन् ।

" /> उपत्यकामा थप ३५ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप ३५ सय बढीमा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख १९ गते ११:२३

काठमाडौँ, १९ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३५ सय ९५ संक्रमित फेला परेका हुन् ।

जसमध्ये काठमाडौँ जिल्लामा मात्र २७ सय ४४ जना रहेका छन् भने ललितपुरमा ५ सय ५० र भक्तपुरमा ३ सय १ जना संक्रमित रहेका छन् ।

शनिबार मात्र नयाँ संक्रमितको संख्यामा रेकर्ड ५७६३ संक्रमित फेला परेका थिए । एकै दिनमा यो रेकर्ड तोडिएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको जनाएको छ ।

यही अवधिमा थप १ हजार ६ सय १२ जना निको भएका छन् । नेपालमा हालसम्म २ लाख ८३ हजार ९ सय ९४ जना संक्रमित निको भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?