अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको जनाएको छ। उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजन दिनुपरेको छैन। तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

" /> पूर्व रानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु - Sarbocha Media

पूर्व रानी कोमलको प्लाज्मा थेरापीबाट उपचार सुरु

`

     २०७८ वैशाख १७ गते ५:५०

काठमाडौँ, १७ वैशख । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको छ। कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो।

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर रहेको जनाएको छ। उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ ।

पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ। उनलाई अक्सिजन दिनुपरेको छैन। तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यसको केही दिनअघि उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?