काठमाडौँ, १६ वैशाख । पूर्व सभामुख दमननाथ ढुङ्गानालाई पनि कोरोना सङ्क्रमण भएको छ।

उनले सामाजिक सञ्जालमार्फत सङ्क्रमण भएको जानकारी दिएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्, ‘सावधानी अपनाउन सतर्क रहँदा रहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो। उस्तो अप्ठ्यारो त भएको छैन, आफ्नो ख्याल गरिरहेको छु ।, समुदाय स्तरमा फैलिसकेको यो महामारी नियन्त्रणका उपाय सरकारले गर्दै छ त ?’




