बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो । उनमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गोरखा नगरपालिका–१४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार मृत्यु भएको जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

" /> गण्डकी प्रदेशमा थप कोरोना सङ्क्रमणका कारण २ जना मृत्यु - Sarbocha Media

गण्डकी प्रदेशमा थप कोरोना सङ्क्रमणका कारण २ जना मृत्यु

`

     २०७८ वैशाख १५ गते ९:२६

बागलुङ, १५ वैशाख। गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बागलुङकी एकजना महिला र गोरखाका एकजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

बागलुङ नगरपालिका–११ की ६१ वर्षीया महिलाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा वैशाख १३ गते राति सवा १२ बजे मृत्यु भएको हो । उनमा वैशाख १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गोरखा नगरपालिका–१४ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको भरतपुर अस्पताल, चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । वैशाख ८ गते कोरोना संक्रमण पुष्टि भएका उनको मंगलबार मृत्यु भएको जनाएको छ ।

योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ सय १९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?