सिन्धुली, १५ वैशाख । बागमती प्रदेशले मन्त्रिपरिषद् पुनर्गठन गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलले एक जना मन्त्री थपेका हुन् ।

मन्त्रिपरिषद् पुनर्गठनमा नेकपा एमाले सिन्धुलीका अध्यक्ष एवम् बाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवाललाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
११ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको र रामेश्वर फुयाँलबाहेक सबै मन्त्री नयाँ नियुक्त गरेको स्रोतले जानकारी दिए ।
मन्त्री बन्नेमा प्रमुख सचेतक केशवराज पाण्डे, सरेश नेपाल, चन्द्र लामा र सरस्वती बस्नेत रहेका छन् । त्यसै गरी राज्यमन्त्रीमा प्रदीप कटुवाल, डा. रामकुमार अधिकारी, जुनेली श्रेष्ठ लगायतका रहनुभएको छ ।
थपिएका मन्त्रीहरूको शपथ बुधवार दिउँसो ४ बजेका लागि तोकिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री र राज्यमन्त्रीमा नियुक्त सबैलाई बिहान १० बजे नै हेटौँडा बोलाएको छ ।




