यस्तै गरी कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी दाङ तुलसीपुरकी ७४ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशिक अस्पतालका बुटवलमा उपचारत रुपन्देहीको देवदहकी एक महिलाको पनि निधन भएको अस्पतालले जनाएको छ । आज बिहान अस्पताल भर्ना भएकी देवदह ६ रुपन्देही ५९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

" /> कोरोना सङ्क्रमणका कारण लुम्बिनी प्रदेशमा एकै दिन ४ जनाको मृत्यु - Sarbocha Media

कोरोना सङ्क्रमणका कारण लुम्बिनी प्रदेशमा एकै दिन ४ जनाको मृत्यु

`

     २०७८ वैशाख १४ गते १२:३९

बुटवल, १४ वैशाख । लुम्बिनी प्रदेशका विभिन्न ठाउँका कोरोनाबाट एकैदिन ४ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बुटवलका एक जना र नेपालगन्जमा उपचाररत थप तीन जनाको आज मृत्यु भएको हो । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा मृत्यु भएको जनाएको छ ।

यस्तै गरी कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी दाङ तुलसीपुरकी ७४ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

लुम्बिनी प्रदेशिक अस्पतालका बुटवलमा उपचारत रुपन्देहीको देवदहकी एक महिलाको पनि निधन भएको अस्पतालले जनाएको छ । आज बिहान अस्पताल भर्ना भएकी देवदह ६ रुपन्देही ५९ वर्षीय महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?