संसद पुनःस्थापना भएको झण्डै दुई महिनापछि प्रतिपक्षी कांग्रेसको माओवादी केन्द्रसहितको दलको समन्वयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी छ ।

यसका लागि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आजै बोलाइएको छ । बैठकले उपनिर्वाचनसँगै देशको सत्ता समीकरणबारे पनि छलफल गर्ने भएको छ ।

कांग्रेसको यस्तो तयारीसँगै जसपाका महन्थ ठाकुर र उनीनिकट सांसदहरुले भने सरकारलाई समर्थन गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

ओली सरकारले मधेस आन्दोलनमा उठाउँदै आएको माग पूरा गर्ने प्रक्रियामा गइसकेको बताएपछि जसपाभित्र पूर्व राजपाले सरकारलाई सहयोग तयारी गरेको हो । स्रोतका अनुसार ओली सरकारलाई सहयोग गर्न महन्थ ठाकुरले २२ सांसदलाई मनाइसकेका छन्।

ओली सरकारले ठाकुर नेतृत्वको समूह सरकारमा सहभागी भए ८ मन्त्रालयसहित दिने प्रतिवद्धता जनाएको छ।

साथै मधेस आन्दोलनताका लगाइएका मुद्दा र रेशम चौधरीको मुद्दा पनि प्रक्रियागत रुपमा टुंग्याउने प्रधानमन्त्री ओली र ठाकुरबीच सहमति भएको छ ।

" /> महन्थ ठाकुर सहित २२ जना सांसद ओली सरकारमा जाँदै - Sarbocha Media

महन्थ ठाकुर सहित २२ जना सांसद ओली सरकारमा जाँदै

`

     २०७८ वैशाख १२ गते ११:४७

काठमाण्डौँ, १२ वैशाख। प्रतिपक्षी दल कांग्रेसले सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेपछि जनता समाजवादी पार्टीको एउटा समूहले आफ्नो कित्ता क्लियर गरेको छ ।

संसद पुनःस्थापना भएको झण्डै दुई महिनापछि प्रतिपक्षी कांग्रेसको माओवादी केन्द्रसहितको दलको समन्वयमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमाथि अविश्वासको प्रस्ताव ल्याउने तयारी छ ।

यसका लागि सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आजै बोलाइएको छ । बैठकले उपनिर्वाचनसँगै देशको सत्ता समीकरणबारे पनि छलफल गर्ने भएको छ ।

कांग्रेसको यस्तो तयारीसँगै जसपाका महन्थ ठाकुर र उनीनिकट सांसदहरुले भने सरकारलाई समर्थन गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।

ओली सरकारले मधेस आन्दोलनमा उठाउँदै आएको माग पूरा गर्ने प्रक्रियामा गइसकेको बताएपछि जसपाभित्र पूर्व राजपाले सरकारलाई सहयोग तयारी गरेको हो । स्रोतका अनुसार ओली सरकारलाई सहयोग गर्न महन्थ ठाकुरले २२ सांसदलाई मनाइसकेका छन्।

ओली सरकारले ठाकुर नेतृत्वको समूह सरकारमा सहभागी भए ८ मन्त्रालयसहित दिने प्रतिवद्धता जनाएको छ।

साथै मधेस आन्दोलनताका लगाइएका मुद्दा र रेशम चौधरीको मुद्दा पनि प्रक्रियागत रुपमा टुंग्याउने प्रधानमन्त्री ओली र ठाकुरबीच सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?