पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत रहेको छ ।

महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । उनले नक्कली नोट कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिए ।

रावत बिरुद्ध प्रहरीले मुद्रा सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

" /> नक्कली नोट सहित एक जना पक्राउ - Sarbocha Media

नक्कली नोट सहित एक जना पक्राउ

`

     २०७८ वैशाख १२ गते ५:५५

काठमाडौँ, १२ वौशाख । ललितपुरको महालक्ष्मी नगरपालिका–१ स्थित ग्वार्कोबाट प्रहरीले नक्कली नेपाली रुपैयाँ सहित एक किशोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हुम्लाको सार्केटार गाउँपालिका–७ जैर घर भएका १९ वर्षीय मुन बहादुर रावत रहेको छ ।

महानगरीय प्रहरी वृत सातदोवाटोबाट खटिएको टोलीले रावतको साथबाट १ हजार दरका ५ थान नक्कली नेपाली रुपैयाँ बरामद गरेको छ । उनले नक्कली नोट कहाँबाट ल्याए भन्नेबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिए ।

रावत बिरुद्ध प्रहरीले मुद्रा सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?