काठमाडौँ, १० वैशाख । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६ सय ६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८ हजार ७ सय ९८ र एन्टीजेनबाट ८ सय ६६ गरी जम्मा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको मन्त्रालय जनाएको छ ।




