हेटौंडा, १० वैशाक । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले एक वर्षको अवधिमा गरेका कामहरु सार्वजनिक गरेको छ ।
आज शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश प्रहरी कार्यालय हेटौंडा प्रहरी नायब महानिरीक्षक बसन्त कुमार लामाले उक्त
कामहरूको विवरण सार्वजनिक गरेका हन् । उनले संगठन शुद्धिकरणलाई प्राथमिकताका साथ अघि बढाएको बताए ।
आफु इमान्दार भएर नागरिकको सेवा गर्नुपर्ने कुरा उनले राखे । गलत काम गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गरेको पनि उनले बताए । प्रदेश प्रहरीको कामलाई प्रभावकारी बनाउन मातहतका कार्यालयहरु सँग कार्यसम्पादन करार सम्झौता गरेर काम आघि बढाईएको नायब महानिरीक्षक लामाको भनाई छ । २०७७ बैशाख १० गते प्रदेश प्रहरी कार्यालय हेटौंडाको कमान्ड सम्हालेका लामाको आज एक वर्ष अवधि पूरा भएको छ ।




