काठमाडौँ, ९ वैशाख। नेपाली बजारमा सुनको भाउ प्रतितोलामा २ सयले बढेको छ ।
बुधबार प्रतितोला ९२ हजार रुपैयाँले कारोबार भएको सुनको भाउ बिहिबार तोलामा २ सयले बढेर प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबा भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ७ सय रुपैयाँ कायम रहेको छ ।
योसँगै चाँदीको भाउ पनि प्रतितोलामा २५ रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




