मृतक सर्लाहीको मलंगवा–२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले जानकारी दिए । मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो।

उनको गम्भीर प्रकारको निमोनियाका कारण मृत्यु भएको डा. दासले बताए।

कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायणी अस्पतालमा पाँच र नारायणी बयोधा अस्पतालमा दुईजनाको मृत्यु भएको हो। मृतकहरु पर्सा, बारा र सर्लाहीका रहेको डा. दासले जनाएको छ ।

पर्सामा पछिल्लो २४ घण्टामा गरिएको १४० जनाको स्वास्थ्य परीक्षण गर्दा थप ९० जनामा कोरोना पुष्टि भएको छ।

" /> कोरोना भाइरस सङ्क्रमणका कारण पर्सामा थप १ को मृत्यु - Sarbocha Media

कोरोना भाइरस सङ्क्रमणका कारण पर्सामा थप १ को मृत्यु

`

     २०७८ वैशाख ०८ गते ६:४८

पर्सा, ८ वैशाख । कोरोना भाइरस संक्रमणका कारण पर्सामा थप एकजनाको मृत्यु भएको छ।

नारायणी अस्पतालमा उपचाररत ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान ९ ५८ बजे मृत्यु भएको हो।

मृतक सर्लाहीको मलंगवा–२ का वासिन्दा रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजशोसन दासले जानकारी दिए । मंगलबार अस्पतालमा भर्ना भएका ती पुरुषमा सोही दिन कोरोना पुष्टि भएको थियो।

उनको गम्भीर प्रकारको निमोनियाका कारण मृत्यु भएको डा. दासले बताए।

कोरोनाको दोस्रो लहर सुरू भएपछि पर्साका निजी र सरकारी अस्पतालमा सातजना मृत्यु भइसकेको छ। तीमध्ये नारायणी अस्पतालमा पाँच र नारायणी बयोधा अस्पतालमा दुईजनाको मृत्यु भएको हो। मृतकहरु पर्सा, बारा र सर्लाहीका रहेको डा. दासले जनाएको छ ।

पर्सामा पछिल्लो २४ घण्टामा गरिएको १४० जनाको स्वास्थ्य परीक्षण गर्दा थप ९० जनामा कोरोना पुष्टि भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?