भारतमा एकैदिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो सातौं दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार ३९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८२ हजार ५ सय ५३ जनाको मृत्यु भएको छ भने १ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २१ लाख ५७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

" /> एकैदिन करिब ३ लाखलाई कोरोना संक्रमण, २०२३ को मृत्यु - Sarbocha Media

एकैदिन करिब ३ लाखलाई कोरोना संक्रमण, २०२३ को मृत्यु

`

     २०७८ वैशाख ०८ गते ५:०७

एजेन्सी, ८ वैशाख । भारतमा एकैदिन करिब ३ लाख जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्रै २ लाख ९५ हजार ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतमा एकैदिन २ लाखभन्दा बढीलाई संक्रमण पुष्टि भएको यो सातौं दिन हो । त्यस्तै भारतमा पछिल्लो २४ घण्टामा २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा संक्रमितको संख्या १ करोड ५६ लाख १६ हजार ३९ पुगेको छ । त्यस्तै अहिलेसम्म कोरोनाले १ लाख ८२ हजार ५ सय ५३ जनाको मृत्यु भएको छ भने १ करोड ३२ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । भारतमा अहिले २१ लाख ५७ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?