हुनेछ ।

२०७६ असोजदेखि विभाग र चिनियाँ विज्ञ टोलीले पेट्रोलियम पदार्थ उत्खननको काम थालेको थियो । यसअघि चिनियाँ विज्ञ टोलीले चार स्थानमा सर्भेको काम सकेको छ। श्रीस्थान पादुका, कोटिला र कर्णाली राजमार्ग आसपासको क्षेत्रमा सर्भे भइसकेको छ, यो झन्डै २० हजार वर्गमिटर क्षेत्रफल हो । विभागका अनुसार पेट्रोलियम पदार्थको उत्खननका लागि सेस्मिक सर्भेको प्रतिवेदनका आधारमा ४ हजार मिटर जमिनमुनिबाट ड्रिलिङ गरिनेछ ।

उक्त काम सकिन झन्डै ५ महिना लाग्ने भूगर्भविद् डा। रजौरे बताउँछन् ।पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोलीसँग २०१९ फेब्रुअरीमा विभागले सम्झौता गरेको थियो । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजनाले अहिलेसम्म एक लाइन सर्भेको काम मात्र सकेको छ । सम्झौताअनुसारको काम नभएपछि विभागले अन्वेषणको मिति पटक–पटक सार्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले ड्रिलिङका लागि चाहिने ठूला उपकरण ल्याउन सडक बाधक भएको बताए । उनले सर्भेको नतिजाका आधारमा ड्रिलिङको काम सुरु गर्ने भनिए पनि दैलेख–सुर्खेत सडकखण्ड साँघुरो हुँदा उपकरण ल्याउन समस्या हुने जनाए ।

" /> चिनियाँ टोली आउन ढिलाइ हुँदा पेट्रोलियम पदार्थ उत्खननको काम रोकियो - Sarbocha Media

चिनियाँ टोली आउन ढिलाइ हुँदा पेट्रोलियम पदार्थ उत्खननको काम रोकियो

`

     २०७८ वैशाख ०७ गते ९:५३

दैलेख, ७ वैशाख । कोरोनाका कारण चीन सरकारले चिनियाँ विशेषज्ञ टोलीलाइ नेपाल आउन अनुमति नदिदा दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको काममा ढिलाइ भएको छ ।

टोलीले यसअघि पेट्रोलियम पदार्थ उत्खननका लागि सेस्मिक सर्भेको काम सकेको थियो । २०७६ चैत १९ मा फर्किने गरी टोली फागुनमा स्वदेश फर्केको थियो तर कोरोना महामारी सुरु भएपछि टोली उतै रोकिएको हो । टोली १३ महिनासम्म नफर्कंदा अन्वेषणको काममा ढिलाइ छ । ‘चिनियाँ टोलीको प्रतिवेदनका आधारमा दोस्रो चरणमा सर्भे र ड्रिलिङको काम हुनेछ ।

२०७६ असोजदेखि विभाग र चिनियाँ विज्ञ टोलीले पेट्रोलियम पदार्थ उत्खननको काम थालेको थियो । यसअघि चिनियाँ विज्ञ टोलीले चार स्थानमा सर्भेको काम सकेको छ। श्रीस्थान पादुका, कोटिला र कर्णाली राजमार्ग आसपासको क्षेत्रमा सर्भे भइसकेको छ, यो झन्डै २० हजार वर्गमिटर क्षेत्रफल हो । विभागका अनुसार पेट्रोलियम पदार्थको उत्खननका लागि सेस्मिक सर्भेको प्रतिवेदनका आधारमा ४ हजार मिटर जमिनमुनिबाट ड्रिलिङ गरिनेछ ।

उक्त काम सकिन झन्डै ५ महिना लाग्ने भूगर्भविद् डा। रजौरे बताउँछन् ।पेट्रोलियम पदार्थ उत्खननका लागि चिनियाँ टोलीसँग २०१९ फेब्रुअरीमा विभागले सम्झौता गरेको थियो । २०२२ मा सक्ने गरी सम्झौता गरिएको आयोजनाले अहिलेसम्म एक लाइन सर्भेको काम मात्र सकेको छ । सम्झौताअनुसारको काम नभएपछि विभागले अन्वेषणको मिति पटक–पटक सार्दै आएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले ड्रिलिङका लागि चाहिने ठूला उपकरण ल्याउन सडक बाधक भएको बताए । उनले सर्भेको नतिजाका आधारमा ड्रिलिङको काम सुरु गर्ने भनिए पनि दैलेख–सुर्खेत सडकखण्ड साँघुरो हुँदा उपकरण ल्याउन समस्या हुने जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?