सोमबार बोलाइएको स्थायी समिति बैठक स्थगित भएको थियो। सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेपछि बैठक स्थगित भएको थियो। उक्त बैठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो।

नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने योजना बनेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाब माओवादीमाथि थियो। यसबीचमा समर्थन फिर्ता लिने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने वातावरण बनाउने तयारी भइरहेका बेला संसद्को हिउँदे अधिवेशन सोमबारदेखि अन्त्य गरेपछि थप राजनीतिक अन्योलता बढेको छ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन्। यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

" /> माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै - Sarbocha Media

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

`

     २०७८ वैशाख ०७ गते ६:५०

काठमाडौँ, ७ वैशाख । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो एक बजे बस्न लागेको हो। समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

सोमबार बोलाइएको स्थायी समिति बैठक स्थगित भएको थियो। सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेपछि बैठक स्थगित भएको थियो। उक्त बैठकबाट माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको थियो।

नेपाली कांग्रेससँग मिलेर नयाँ सरकार बनाउने योजना बनेपनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने दबाब माओवादीमाथि थियो। यसबीचमा समर्थन फिर्ता लिने र काँग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने वातावरण बनाउने तयारी भइरहेका बेला संसद्को हिउँदे अधिवेशन सोमबारदेखि अन्त्य गरेपछि थप राजनीतिक अन्योलता बढेको छ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी भइरहेका बेला सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले हठात अधिवेशन अन्त्य भएको पत्र सभामुख अग्नि सापकोटालाई पठाएकी थिइन्। यस्तो बेला कसरी अगाडि बढ्ने भन्ने विषयमा मंगलबारको स्थायी कमिटी बैठकमा छलफल हुने माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?