काठमाडौँ, ७ वैशाख। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुनको भाउ तोलामा ३ सयले घटेको छ ।

सोमबार तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ मङ्गलवार घटेर तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ९० हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।
यसैबिच मङ्गलवार चाँदीको भाउ भने स्थिर रहेको छ । सोमबार तोलामा १ हजार ३ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ मङ्गलवार पनि सोही भाउमा कारोबार भएको महासङ्घले जनाएको छ ।




