एजेन्सी, ६ बैशाख । भारतमा कोरोना संक्रमण तीव्र दरमा वृद्धि हुँदै छ । महाराष्ट्रमा सार्वधिक संक्रमित रहेको छ । त्यहाँ प्रत्येक घण्टामा २ हजार भन्दा बढि नयाँ संक्रमित थपिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा प्रत्येक तीन मिनेटमा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । आइतबार महाराष्ट्रमा कोरोनाभाइरसको ६८ हजार ६३१ नयाँ बिरामी फेला परेका छन् । हालसम्म महाराष्ट्रमा कोरोनाको कुल ३८ लाख ३९ हजार ३३८ संक्रमित फेला परेका छ । आइतबार महाराष्ट्रमा कोरोनाका कारण ५०३ जनाको मृत्यु भएको छ ।
महाराष्ट्रमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ ।




