काठमाडौँ, ३ वैशख। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ७ सयले बढेको छ ।
बिहीबार तोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (शुक्रबार) ७ सयले बढेर तोलामा ९० हजार ५ सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ रहेको छ ।
साथै, शुक्रबार चाँदीको पनि मूल्य बढेको छ । बिहीबार १२ सय ९० मा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले बढेर १३ सय रुपैयाँमा कारोबार भएका महासङ्घले जनाएको छ ।




