एजेन्सी, २ वैशाख। ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३ लाख ६१ हजार ८ सय ८४ पुगेको छ ।
त्यस समय अवधि भरमा ७३ हजार ५ सय १३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमण भएपछि कुल सङ्क्रमितको संख्या एक करोड ३६ लाख ७३ हजार ५ सय ७ जना पुगेका मन्त्रालयले जनाएको छ ।
ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । यहाँ कोरोना भाइरसको माहामारी शुरु भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।
उक्त समयबाट हालसम्म ३ करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् । ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरूमा अधिक भार परेको जनाइएको छ । –सिन्हवा




