धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको बताए । उनका अनुसार बिहीबार यो सेवा काठमाडौँ उपत्यकाका डिल्लीबजार, कलङ्की र भक्तपुरको कार्यालयमा लागु हुने छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याउने बताएको छ ।

सूचना अधिकारी ढकालले भने, ‘आजै सेवा पाउने भनेको डिल्लीबजार, कलङ्की र भक्तपुरबाट हो ।’ एक हप्ताभित्र काठमाडौँ उपत्यका भरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुन्छ ।

" /> घरबाटै जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालय आजैबाट लागू - Sarbocha Media

घरबाटै जग्गाको नक्सा प्रिन्ट गर्न सकिने, उपत्यकाका तीन कार्यालय आजैबाट लागू

`

     २०७८ वैशाख ०२ गते ५:५५

काठमाडौँ,२ वैशाख । इन्टरनेटबाटै घरजग्गाको नक्सा हेर्न र आफैँ प्रिन्ट गर्न मिल्ने व्यवस्था लागु गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो व्यवस्थाको शुभारम्भ नापी विभागमा बिहीबार आयोजित हुँदै गरेको औपचारिक समारोहबाट गर्ने भएको छ।

यो व्यवस्था कार्यान्वयनमा भएपछी आफ्नो घर जग्गाको नक्सा प्रिन्ट गर्न र त्यसवापतको शुल्क बुझाउन कार्यालय धाइरहनु नपर्ने विभागले जनाएको छ । ‘मेरो कित्ता डट जिओभी डट एनपी’ लगइन गरेर यो सेवा लिन सकिने विभागका अधिकारीको भनाइ छ ।

नापी विभागका सूचना अधिकारी दामोदर ढकालले सेवाग्राहीलाई सहजरुपमा छिटोछरितो सेवा दिन तथा प्रविधिमैत्री बनाउन यो सेवा सुरु गरिएको बताए । उनका अनुसार बिहीबार यो सेवा काठमाडौँ उपत्यकाका डिल्लीबजार, कलङ्की र भक्तपुरको कार्यालयमा लागु हुने छ । त्यसपछि क्रमशः देशभर कार्यान्वयनमा ल्याउने बताएको छ ।

सूचना अधिकारी ढकालले भने, ‘आजै सेवा पाउने भनेको डिल्लीबजार, कलङ्की र भक्तपुरबाट हो ।’ एक हप्ताभित्र काठमाडौँ उपत्यका भरी र त्यसपछि क्रमशः देशैभरका १२६ वटा नापी कार्यालयबाट मेरो कित्ता सेवा सुरु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?