एजेन्सी, ३१ चैत । पछिल्लो समयाम भारतमा अत्याधिक मात्रमा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ । भारतमा थप १ लाख ६१ हजार ७३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
योसँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८ सय ७९ जनाको मृत्यु भएका छन्। भारतमा हालसम्म १ लाख ७१ हजार ५८ जना संक्रमितको मृत्यु भइसकेको छ।
संक्रमण बढ्दै जाँदा विभिन्न शहरहरुमा लकडाउन लागू गरिएको छ। यस्तै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरिएको छ।
मंगलबार बिहानसम्म ९७ हजार १६९ जना संक्रमण मुक्त भएका छन्। हाल भारतभर १२ लाख ६४ हजार ६९४ जना सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ ।




