काठमाडौँ, ३० चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।
स्वास्थ्य मन्त्रालयले आज (सोमबार) देखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८० हजार ५२४ पुगेको छ ।
कोरोना संक्रमणका कारण २४ घण्टामा मृत्यु हुनेका संख्या ८ जनाक जना पुगेको छ । त्यस्तै कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १३८ रहेका छन् ।
पछिल्लो २४ घण्टामा ५ सय ५९ जना संक्रमित मध्ये काठमाडौँमा १५९, ललितपुरमा ४४, बाँकेमा ४१, रुपन्देहीमा २९, पर्सामा २५, दाङमा २४, कास्कीमा २३, कैलालीमा १४ र मोरङमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।




