काठमाडौँ, ३० चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोलामा रु १ सयले वृद्धि भएको छ ।
आइतबार तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार रु १ सयले बढेर प्रतितोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८९ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
साथै सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोलामा १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।




