विराटनगर,३० चैत । विराटनगरमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापा दमक घर भएका ९२ वर्षिय वृद्धको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो ।
दोस्रो चरणको संक्रमण फैलिए पछी प्रदेश १ मा कोरोनाका कारण मृत्यु हुने यो दोस्रो संक्रमित हो । यस अघि पनि झापामा नै एक महिलाको मृत्यु भएको थियो ।
सो बृद्धलाई कोरोना संक्रमण भएपछि गत २५ गते अस्पतालमा भर्ना गरिएको थियो । परिवारलाई समेत संक्रमण भएपछि उनका अन्य चारजना आफन्त पनि अस्पताल भर्ना भएको थियो ।
सुगरका समेत बिरामी रहेका वृद्धको उपचारका क्रममा गएराती १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन एपोलो भगतले जानकारी दिए ।




