एजेन्सी, २९ चैत । भारतीय सन्चार माध्यमहरूका अनुसार पछिल्लो भारतमा २४ घण्टामा थप १ लाख ५३ हजार जनामा कोरोना संक्रमित भएका पुष्टि भएका छन् ।
भारतमा पछिल्लो केही हप्तादेखि दैनिक संक्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी संक्रमित भएका छन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल संक्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८ सय ५ जना पुगेको जनाएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ ।
भारतमा ११ लाख ८ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेको जनाएको छ ।




