
सिन्धुपाल्चोक सुकुटे बस दुर्घटनाका घाइतेहरूले धेरै मानिसहरूले माथिबाट दुर्घटनामा परेकाको रमिता हेरेर बसेको दुःखद अनुभव व्यक्त गरेका छन् । ती रमिते मानिसहरूले संवेदनाहीन जस्तो भएर माथिबाट ट्वाँ परेर भिडियो खिच्न छाडी दुर्घटनामा परेका मानिसहरूलाई बचाउन आएको भए अरू थप मानिसहरू बच्ने थिए भनी दुखेसे पोखेका छन् ।
घाइतेहरूका अनुसार गाडी पहिलेदेखि बिग्रँदै बनाउँदै जबरजस्ती हिँडाइएको थियो । दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये अहिलेसम्म १७ जनाको सनाखत भएको छ ।
दुर्घटना चालकको लापरबाही, ओभर लोड र तीव्र गतिका कारण भएको दाबी गरिएको छ ।



