काठमाडौँ, २७ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४०७१ जनामा पिसिआर परीक्षण गर्दा २८८ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
जसमध्ये काठमाडौँ जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ । तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ ।
हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।




