काठमाडौँ, २६ चैत । पछिल्लो २४ घण्टामा थप ३ सय ३२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार ४ हजार ६ जनामा गरिएको पिसिआर परीक्षणमा ३ सय ३२ जना थपप नयाँ संक्रमित थपिएको जनाएको छ ।
यस्तै यही समयमा ७९ जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन्। भने आज कसैले पनि संक्रमणको कारण ज्यान गुमाएका छैनन्।
हाल देशभर ७७ जना क्वारेन्टाइनमा छन् भने २ हजार ४ सय ५४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।




