काठमाडौँ, २६ चैत। नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको अध्यक्षमा सागर न्यौपाने विजयी भएका छन् ।
हिजो (बुधवार) भएको निर्वाचनमा न्यौपानेले २९७ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी बाल मुकुन्द आचार्यले भने ६६ मत ल्याए भने सिर्जना तिम्सिनाले ४४ मत पाए । न्यौपाने गैरसरकारी गठबन्धनका उम्मेदवार थिए ।
त्यसै गरी, उपाध्यक्षमा रनसुर महतारा, सचिवमा रामहरि कार्की र सहसचिवमा रविन राई विजयी भएका छन् ।
साथै कोषाध्यक्षमा राजु बस्नेत, सदस्यहरूमा गोमा पाण्डे, दीपक अर्याल, अनिल पन्त, अविन लिम्बु, कृष्ण पौडेल, केशव घिमिरे, विष्णु बहादुर आले र रामशरण काफ्ले विजयी बनेका छन् ।




