काठमाडौँ, २५ चैत । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज (बुधबार) पनि सुनको भाउ बढेको छ ।
मंगलबार प्रतितोलामा ८७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर प्रतितोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै तेजाबी सुन प्रतितोलामा ८७ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै चाँदीको पनि भाउ बढेको छ । मंगलबार प्रतितोलामा १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर प्रतितोलामा १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।




