जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका–१० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् ।

उनलाई थप उपचारका लागी काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो । जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ ।

डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।

" /> ओखलढुङ्गामा जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, १ गम्भीर घाइते - Sarbocha Media

ओखलढुङ्गामा जिप दुर्घटनामा परी ३ जनाको मृत्यु, १ गम्भीर घाइते

`

     २०७७ चैत्र २४ गते ११:५४

ओखलढुंगा, २४ चैत। ओखलढुंगामा भएको जिप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित केतुकेबाट ढुसेनी गाउँतर्फ जाँर्दै गरेको ना १ ज ८३३२ नम्बरको जिप मंगलबार दिउँसो दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा वर्ष ७१ की बिनामाया मगर, वर्ष ५० की टुल्कीमाया मगर र ५ वर्षीया डोलकुमारी मगर मृत्यु भएको हो । दुर्घटनामा परी जीप चालक सिद्धिचरण नगरपालिका–१० का वर्ष २६ का कमलबहादुर थापा मगर गम्भिर घाइते भएका छन् ।

उनलाई थप उपचारका लागी काठमाडौँस्थित ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए ।

सामान बोकेर गइरहेको जिप बाटोबाट करिब सात सय मिटर तल खसेर भिरमा अड्किएको थियो । जिप भीरबाट खसेको कारण मृतक र घाइते दुवैको उद्धार गर्न कठिनाई भएको प्रहरीको भनाई छ ।

डोरीको माध्यमबाट नेपाली सेना र नेपाल प्रहरीले घाइते तथा मृतकको उद्धार गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?