काठमाडौँ, २४ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २६० कोरोना संक्रमित थपिएका छन् ।
आज (मंगलबार) थपिएका २६० संक्रमितसँगै हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ४ सय ७० पुगेको छ ।
२४ घण्टामा ४ हजार २ सय ४३ पीसीआर परीक्षण भएका छन् । हालसम्म नेपालमा २२ लाख ९४ हजार ६७ पीसीआर परीक्षण गरीएको जनाएको छ ।
२४ घण्टामा ११३ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४ सय ५५ जना संक्रमणमुक्त भएको मन्त्रालय जनाएको छ ।
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ छ । त्यस्तै १ हजार ९ सय ७९ जना आइसोलेसनमा र ६९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।




