काठमाडौँ, २२ चैत। अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अन्नलाई नृत्य प्रतियोगिताको उपाधि ६ वर्षीय स्टेसी आले मगरले जितिएकी छिन् ।

गत ७ चैतबाट सुरु भएको प्रतियोगितामा गोर्खा घर भई हाल चितवन बस्दै आएकी स्टेसीले उपाधि जितेकी हुन्।
बुबा कुश आले मगर र आमा तुल्सी थापाको सन्तानका रूपमा जन्मिएकी स्टेसीको अभिनयसहितको नृत्यले दर्शकको मन जितेको हो ।
मगर परिवार नेपाल (एमपीएन) ले आयोजनाले गरेको प्रतियोगितामा भोजपुरकी कृषा राना मगर द्वितीय, बागलुङकी शिवानी थापा मगर तृतीय र म्याग्दीकी शिक्षा गर्बुजा मगरले सान्त्वना पुरस्कार हात पारेका छन् ।
प्रतियोगितामा ४९ जना प्रतियोगी सहभागी भएको आयोजकले जनाएको छ । ४० अङ्क फेसबुक लाईक र ६० अङ्क निर्णायकहरूको मूल्याङ्कनबाट प्रतियोगिहरुलाई दिइएको थियो । फेसबुक र जुम लाइभबाट नतिजा सार्वजनिक गरिएको हो ।
‘मगरहरूको कला र प्रतिभालाई प्रोत्साहन गर्ने, भेषभुषा, भाषा, संस्कार, सांस्कृतिक, संरक्षण गर्ने हाम्रो अभियान’ भन्ने उद्देश्यले मगर परिवार नेपालले एकल मगर अनलाइन नृत्य प्रतियोगिता आयोजना गरेको थियो ।
२०७७ साल १० फागुनमा सरकारबाट मान्यता प्राप्त मगर परिवार नेपालले संस्थाको विधानअनुसार सामाजिक काम गर्दै आएको संस्थाका अध्यक्ष प्रनिश आले मगरले जानकारी दिए ।
उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १ लाख नगद र सम्मान पत्र, दोस्रो हुनेलाई रु ५० हजार र सम्मान पत्र, तृतीय हुनेलाई रु ३० हजार र सम्मान पत्र तथा सान्त्वना स्थान प्राप्त गर्नेलाई रु २० हजार र सम्मान पत्र प्रदान गरिएका छन् ।




