एजेन्सी, २२ चैत। भारतको नक्सल प्रभावित राज्य छत्तीसगढमा नक्सलवादीसँग मुठभेडमा २२ सुरक्षाकर्मीको मृत्यु भएका छन् ।
बीजापुर र सुकमा जिल्लाको सीमामा शनिबार भएको मुठभेडमा मृत्यु हुने सुरक्षाकर्मीको संख्या २२ पुगेको आइतबार भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
शनिबार घटनास्थलबाट ५ सुरक्षाकर्मीको शव फेला परेको थियो भने आइतबार १७ जनाको शव फेला परेको हो । घटनास्थल आसपासका क्षेत्रबाट ती शव बरामद गरीएको बताएको छ ।
भिडन्तमा कम्तीमा ३० सुरक्षाकर्मी घाइते भएको बताइएको छ । ‘एएनआई’ समाचार एजेन्सीका अनुसार बीजापुरका एसपी कामालोचन कश्यपले नक्सलवादीविरुद्धको कारवाहीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको पुष्टि गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो जोनागुडा गाउँ नजिकै लक्सलवादीका लडाकु कार्यकर्ता र सुरक्षाकर्मीबीच भिडन्त गरेका थिए ।




