एजेन्सी, २२ चैत । स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २४ घण्टामा थप ९३ हजार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतमा साढे ६ महिनापछि एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमित थपिएका हुन् । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि १ करोड २४ लाख नाघेको छ ।
भारतमा २४ घण्टामा कोरोना संक्रमणका कारण ५१३ जनाको मृत्यु भएका छन् । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ६४ हजार ६२३ पुगेको छ ।
महाराष्ट्र प्रान्तमा मात्र पछिल्लो २४ घण्टामा ४९ हजारभन्दा धेरैमा कोरोना संक्रमण देखिएको छ भने २७७ संक्रमितको मृत्यु भएको छ ।
छत्तीसगढमा पाँच हजारभन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् भने कर्नाटकमा पनि नयाँ संक्रमितको संख्या चार हजारभन्दा धेरै रहेका छन् ।
त्यस्तै तामिलनाडु, दिल्ली र उत्तर प्रदेशलगायतका राज्यमा पनि पछिल्लो समय कोरोना संक्रमित बढिरहेका जनाएको छ ।




