उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी पनि काठमाडौँमा ल्याइने दावी गरेका छन् ।

अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’

उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

" /> २०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौँमा : प्रधानमन्त्री ओली - Sarbocha Media

२०८१ मा याङ्ग्री र लार्केको पानी काठमाडौँमा : प्रधानमन्त्री ओली

`

     २०७७ चैत्र २० गते १०:२४

काठमाडौँ, २० चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ सालको नयाँ वर्षमा मेलम्ची खानेपानी आयोजनाको टनेलमा अन्य दुई स्रोतबाट पानी थपेर काठमाडौं ल्याइने बताएका छन् ।

उनले मेलम्ची खानेपानी आयोजनाको खानेपानी वितरण उद्घाटन कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै ८१ सालको नयाँ वर्षमा याङग्री र लार्केको पानी पनि काठमाडौँमा ल्याइने दावी गरेका छन् ।

अब मेलम्चीको टनेलमा पानी मिसाउने आयोजनाको नाम भने फेर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘अबको आयोजनाको नाम फेर्नुपर्ला, मेलम्चीभन्दा मानिसले नपत्याउलान्, फेरि के हो–के हो भन्लान् ।’

उनले त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?