पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।

कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेका हुन् ।

यस विषयमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

" /> प्रहरी हुँ भन्दै पैसा माग गरेको अभियोगमा दुई जना पक्राउ - Sarbocha Media

प्रहरी हुँ भन्दै पैसा माग गरेको अभियोगमा दुई जना पक्राउ

`

     २०७७ चैत्र २० गते ७:१५

कैलाली, २० चैत । धनगढी उपमहानगरपालिका–८ का व्यापारीलाई प्रहरी हुँ भन्दै उनीहरुबाट पैसा माग गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–५ बस्ने २३ वर्षीय वीरेन्द्र सिंह र सोही उपमहानगरपालिका–२ बस्ने २५ वर्षीय पारस मल्ल रहेका छन् ।

कैलाली जिल्लाका विभिन्न स्थानबाट सादा पोशाकमा खटिएको प्रहरी हुँ भन्दै पैसा माग गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायल र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई स्थानीय व्यापारीबाट नगद ५ हजार माग गरेको अवस्थामा फेला पारी माग गरेको उक्त नगद सहित पक्राउ गरेका हुन् ।

यस विषयमा अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?