काठमाडौँ, १८ चैत । सशस्त्र प्रहरी बल (एपीएफ) का १० अधिकारीले स्टाफ तथा कमाण्ड कलेजको छनौट परीक्षा पास गरेका छन् ।
स्टाफ कलेजका लागि ३७ जना अधिकारी सहभागी भएकामा १० जनाले मात्र पास गरेका हुन् ।
पास हुनेमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु मनीष थापा र कृष्ण ढकाल, सशस्त्र प्रहरी नायब उपरीक्षकहरु दलबहादुर पाण्डे, जनक सापकोटा, मोहनबहादुर क्षेत्री, प्रमोद कुमार भारती, चेतराज जोशी, राधेश्याम धिमाल, सन्तोष बहादुर सिंह र सुरेश गैरे छन् ।




