काठमाडौँ, १८ चैत । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बुधवार सुनको सुनको भाउ प्रतितोलामा ४ सयले घटेको छ ।

मङ्गलवार प्रतितोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधवार घटेर प्रतितोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन तोलामा ८५ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।
योसँगै बुधवार चाँदीको भाउ पनि घटेको छ। मङ्गलवार प्रतितोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार घटेर प्रतितोलामा १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको जनाएको छ ।




