देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीमार्फत ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

" /> आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ - Sarbocha Media

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

`

     २०७७ चैत्र १७ गते ९:४०

कास्की, १७ चैत । आफ्नै ४७ वर्षीया श्रीमती देवी जिसी बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा पोखरा महानगरपालिका-२६ बरालडाँडा उपरजरे बस्ने ४९ वर्षीय देब बहादुर बिकलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

देव बहादुरले शनिबार कुटपिट गर्दा गम्भीर घाइते भएकी उनकी श्रीमतीको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा आइतबार मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय शिसुवा मुकाम डाँडाकोनाकबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनलाई पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत जिल्ला अदालत कास्कीमार्फत ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?