आज मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक–चोकमा ट्राफिक चेकिङ कडा गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन्।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक चेकिङ कडा पारिएको जानकारी दिए।

उनले भने, ‘उपत्यकाभित्रका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौँ। पर्वलाई मध्यनजर गरी दुर्घटना कम गर्ने लक्ष्य राखेर चेकिङ गरेका हौँ।’

" /> उपत्यकामा सवारी चेकजाँचमा कडाई, २२३ सवारीसाधन कारबाहीमा - Sarbocha Media

उपत्यकामा सवारी चेकजाँचमा कडाई, २२३ सवारीसाधन कारबाहीमा

`

     २०७७ चैत्र १५ गते ७:३५

काठमाडौँ, १५ चैत । आज फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पूर्णिमा अर्थात् होली पर्व। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ।

आज मदिरा सेवन गरी सवारीसाधन दुर्घटना कम गर्न उपत्यकाका चोक–चोकमा ट्राफिक चेकिङ कडा गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिलेसम्म काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाबाट दुई सय २३ सवारीसाधन समातिएका छन्।

महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले आज ट्राफिक चेकिङ कडा पारिएको जानकारी दिए।

उनले भने, ‘उपत्यकाभित्रका ९० ठाउँमा चेकिङ प्वाइन्ट राखेका छौँ। पर्वलाई मध्यनजर गरी दुर्घटना कम गर्ने लक्ष्य राखेर चेकिङ गरेका हौँ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?