काठमाडौं, २० माघ । काठमाडौं उपत्यकाको सडक छेउका १८ वटा पेट्रोल पम्प हटाइने भएका छन् । सडक सुधार तथा ट्राफिक व्यवस्थापनका लागि उक्त पम्पहरु हटाइने भएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सडक छेउका पेट्रोल पम्प हटाउनका लागि नेपाल आयल निगमलाई पत्राचार गरिसकेको जनाइएको छ। पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइने बताइएको छ।

हटाउन लागेको पेट्रोल पम्पहरु कोत थुकु पेट्रोल पम्प, बालाजु जयन्ती पेट्रोल पम्प, थापाथली कनक पेट्रोल पम्प, कालीमाटी मायाराम भोलाराम पेट्रल पम्प, थापाथली बाबा पेट्रोल पम्प, कलङ्की श्यामा पेट्रोल पम्प, कलङ्की त्रिशूल पेट्रोल पम्प, कलङ्की भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर कामाख्या पेट्रोल पम्प, कोटेश्वर जुबी पेट्रोल पम्प, बौद्ध बराल पेट्रोल पम्प र बौद्ध सीता पेट्रोल पम्पलगायतका रहेका छन् ।




