काठमाडौँ, १३ चैत। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ४४१६ जनामा भएको आरटी पीसीआर परीक्षणमा १५६ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ६ सय ६५ पुगेको छ।
काठमाडौँमा ५५, ललितपुरमा ९ तथा भक्तपुरमा २ जना गरी काठमाडौँ उपत्यकामा थप ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यमा मन्त्रालयका अनुसार शुक्रबार ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ३४२ पुगेका छन्।
योसँगै हालसम्म देशभर १ हजार २ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घण्टामा कोरोनाबाट थप ४ जनाको मृत्यु भएको छ।
मुलुकभर हालसम्म यससँगै कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार २४ पुगेको छ।




