बुधवार बिहान करिब ८ बजेतिर घोराही–लमही सडकखण्डको कटुवाखोला पुल नजिक सगरमाथा सिमेन्ट कारखानाबाट सिमेन्ट बोकेर घोराहीतर्फ आउँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा चौधरीको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको छ। ट्रक र ट्रक चालक राप्ती गाउँपालिका–६ का ५० वर्षीय प्रेम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको।

त्यस्तै, रोकी राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एक युवक गम्भीर घाइते र एकको मृत्यु भएका छन्।

बुधबार बिहान करिब साढे २ बजेतिर घोराही–७ जबरपुरस्थित भित्री सडक खण्डको सडकमा रोकिराखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक घोराही–५ का २१ वर्षीय रबिन डाँगी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पाताल लाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २२ वर्षीय सिरिन्ज भण्डारी गम्भीर घाइते भएका छन्। उनको टाउको, मुख, दुवै हात र छातीमा चोट लागेको छ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रवक्ता रिजालले जानकारी दिए। प्रहरीले दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ।

" /> ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु - Sarbocha Media

ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

`

     २०७७ चैत्र ११ गते ६:५२

दाङ, ११ चैत । ट्रकको ठक्करबाट दाङमा साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–३ झिङ्नीका ४० वर्षीय विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बुधवार बिहान करिब ८ बजेतिर घोराही–लमही सडकखण्डको कटुवाखोला पुल नजिक सगरमाथा सिमेन्ट कारखानाबाट सिमेन्ट बोकेर घोराहीतर्फ आउँदै गरेको ना ५ ख २०६२ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा चौधरीको घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।

शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको शव गृहमा राखिएको छ। ट्रक र ट्रक चालक राप्ती गाउँपालिका–६ का ५० वर्षीय प्रेम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको।

त्यस्तै, रोकी राखेको ट्रकमा मोटरसाइकल ठोकिँदा एक युवक गम्भीर घाइते र एकको मृत्यु भएका छन्।

बुधबार बिहान करिब साढे २ बजेतिर घोराही–७ जबरपुरस्थित भित्री सडक खण्डको सडकमा रोकिराखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

उक्त दुर्घटनामा मोटरसाइकल चालक घोराही–५ का २१ वर्षीय रबिन डाँगी गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पाताल लाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलमा पछाडि सवार सोही ठाउँका २२ वर्षीय सिरिन्ज भण्डारी गम्भीर घाइते भएका छन्। उनको टाउको, मुख, दुवै हात र छातीमा चोट लागेको छ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर रिफर गरिएको प्रवक्ता रिजालले जानकारी दिए। प्रहरीले दुबै सवारी साधन र ट्रक चालक प्रहरीको नियन्त्रणमा लिएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?