आज सरकारी पक्षको वार्ता टोलीसँग महन्थ ठाकुर, राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले छलफल गरेका थिए । सरकारी वार्ता टोलीका संयोजक सुभाषचन्द्र नेम्बाङका अनुसार, आजको छलफल निरन्तर गर्ने सहमति भएको छ ।

सत्तामा तत्कालै गइहाल्ने तहको वार्ता हुन बाँकी रहेको जानकारी दिंदै नेम्बाङले सरकारले सकेको अवस्थामा सबै माग पूरा गर्ने छ ।

प्रधानमन्त्री ओलीले जसपासँग सत्ता साझेदारीका लागि छलफल गरिरहेका छन् । त्यस्तै, जसपाले पनि सत्ता साझेदारीका लागि विभिन्न माग सरकारसँग राखेको छ ।

जसपाले सरकारसँग रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका मागहरू राखेको छ ।

आजको छलफलमा पनि पुरानै माग दोहर्‍याइएको उनले बताए । आज संसद् वैठक भएकाले डिटेलमा कुरा हुन पाएन, होली लगत्तै अर्को चरणको वार्ता हुनेछ– नेम्बाङले भने । यसबारे मधेसी नेताहरुले भने केही खुलाएका छैनन् ।

" /> प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू बालुवाटारमा पुगे - Sarbocha Media

प्रधानमन्त्रीलाई भेट्न जसपाका नेताहरू बालुवाटारमा पुगे

`

     २०७७ चैत्र १० गते ८:४२

काठमाडौँ, १० चैत। जनता समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि उनीहरू बालुवाटार गएका हुन् ।

आज सरकारी पक्षको वार्ता टोलीसँग महन्थ ठाकुर, राजेन्द्र महतो,लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लले छलफल गरेका थिए । सरकारी वार्ता टोलीका संयोजक सुभाषचन्द्र नेम्बाङका अनुसार, आजको छलफल निरन्तर गर्ने सहमति भएको छ ।

सत्तामा तत्कालै गइहाल्ने तहको वार्ता हुन बाँकी रहेको जानकारी दिंदै नेम्बाङले सरकारले सकेको अवस्थामा सबै माग पूरा गर्ने छ ।

प्रधानमन्त्री ओलीले जसपासँग सत्ता साझेदारीका लागि छलफल गरिरहेका छन् । त्यस्तै, जसपाले पनि सत्ता साझेदारीका लागि विभिन्न माग सरकारसँग राखेको छ ।

जसपाले सरकारसँग रेशम चौधरीको रिहाइ, मधेस तथा थरूहट आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लगायतका मागहरू राखेको छ ।

आजको छलफलमा पनि पुरानै माग दोहर्‍याइएको उनले बताए । आज संसद् वैठक भएकाले डिटेलमा कुरा हुन पाएन, होली लगत्तै अर्को चरणको वार्ता हुनेछ– नेम्बाङले भने । यसबारे मधेसी नेताहरुले भने केही खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?