काठमाडौं, १० चैत । नेपाल र बंगलादेशबीच चार सम्झौता भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेशको दुईदिने राजकीय भ्रमणका क्रममा सोमबार चार सम्झौता भएको हो ।
नेपाल र बंगलादेशबीच पर्यटनमा सहकार्य, संस्कृति आदानप्रदान कार्यक्रममा सन् २०२२ देखि २०२५ सम्म सहकार्य, स्यानेटरी र फाइटो स्यानेटरी क्षेत्रमा क्षमता अभिवृद्धि गर्ने कार्यमा सहकार्य (पशु र कृषिमा लाग्ने कीटनाशकको अनुसन्धान र औषधि) र बंगलादेशको रोहनपुरदेखि भारत पश्चिम बंगालको सिंहबादसम्मका लागि थप रेल रुट र तेस्रो मुलुकसँग व्यापार गर्नका लागि ‘को–ट्रान्जिट रुट’ मा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल र बङ्गलादेशबीचको सम्पर्क सञ्जाल थप बलियो बनाउनुपर्नेमा जोड दिएकी छन् ।




