हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरिएको छ ।

" /> नेपालमा पनि कोरोनाको जोखिम बढ्न सक्ने खतरा, सभा सम्मेलन नगर्न मन्त्रालयको आग्रह - Sarbocha Media

नेपालमा पनि कोरोनाको जोखिम बढ्न सक्ने खतरा, सभा सम्मेलन नगर्न मन्त्रालयको आग्रह

`

     २०७७ चैत्र ०९ गते १:४७

काठमाडौं, ९ चैत  । नेपालमा पनि कोरोना भाइरसको जोखिम बढ्न सक्ने खतरा रहेको जनाइएको छ ।

कोरोना भाइरसको जोखिम बढ्न सक्ने भन्दै भीडभाड हुने कुनै पनि किसिमको सभा सम्मेलन नगर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले भारतमा कोरोना सङ्क्रमणको दर बढेसँगै नेपालमा पनि कोरोना सङ्क्रमणको दर बढन सक्ने भन्दै देशभर कुनै पनि सभा तथा सम्मेलन नगर्न आग्रह गरेको हो ।

नेपालमा समेत कोरोना भाइरस सङ्क्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र कार्य नगर्न नगराउन मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको छ।

हात धुन, मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्ने जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि सबैमा अपिल गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?