काडमाडौँ, ८ चैत । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली हिटलरले सबैमाथि खड्ग चलाइरहेकाले होसियार रहन आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा टिप्पणी लेख्दै डा. भट्टराईले पार्टी र राज्यको शक्ति आफूमा केन्द्रित गरेर नेपाली हिटलरले सबैमाथि प्रहार गरिरहेको आरोप लगाएका छन् ।
डा. भट्टराईले लेखेका छन्, ‘हिट्लरबारे चर्चित भनाइ छ – ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ किनकि म यहुदी थिइनँ,… अन्त्यमा उनीहरू मविरुद्ध आइलागे, कोही पनि बोलेन, किनकि कोही पनि बाँकी थिएन !’ नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ । उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होशियार !’




